• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘अहिलेसम्मका बजेटहरुले निराशा छरे, उत्साह छर्ने बजेट चाहियो’

नीतिप्रेस by नीतिप्रेस
May 27, 2025
in अर्थ/वाणिज्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले परम्परागत शैलीबाट बजेट आउँदा नागरिकहरु उत्साहित हुन नसकेको बताउनुभएको छ ।

उहाँकाअनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आउँदा सुधारन्मुख ढंगले देशको आर्थिक अवस्थालाई चलायमान बनाउन सक्ने बजेट आउनुपर्छ ।

अहिलेसम्मका बजेटहरुले निराशा छर्ने मात्रै काम ग¥यो जसकारण निजी क्षेत्र समेत उत्साहित हुन सकेन ।

रोजगारीका अवसरहरु पनि बढ्न नसकेको अध्यक्ष न्यौपाने बताउनु भयो ।

नागरिकले सहज रुपमा जीवनयापन गर्नसक्ने वातावरण बजेटले बनाउनुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष न्यौपानेकाअनुसार सरकारले खर्च कटौतीमा निर्मम भएर लाग्नुपर्छ ।

चलिररहेका आयोजनाहरुको व्यवस्थापन गर्दै नयाँ योजनाको प्रविधिक हिसावले समेत मूल्यांकन गरेर मात्रै बजेट राखिनुपर्छ ।

अवैज्ञानिक तवरले विकास निर्माणका कामहरु हुँदा भूक्षय भइरहेको भएपनि दोष आफूहरुमाथि लाग्ने गरेको बताउनु भयो ।

  न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष न्यौपानेले भन्नुभयो–‘विकासका नाममा भूक्षय भएको छ । अनि त्यसको दोष हामीमाथि थोपर्ने काम भइरहेको छ । खानी तथा उत्खननबाट यहाँ बिग्रियो, त्यहाँ बिग्रियो भनेर भनिएको छ । त्यो ठिक होइन । अव्यवहारिक हिसाबले विकासका योजनाहरु अघि बढाइएका कारण त्यसको बद्नाम खानी तथा उत्खनन व्यवसायीहरु हुनुपरेको छ । विकास पनि अधुर, व्यवसायीलाई अपजस पनि हुनु ठिक होइन । भूक्षय, नदीनालाको जोखिम बढेको बढ्यै छ । पूर्वाधार विकासमा समेत क्षति गर्न थालेको छ । अहिले रोसी गाउँपालिका, मकवानपुरमा गएर हेरौं । त्यहाँ व्यापक रुपमा क्षति भएको छ । त्यसो हुनुको कारण वैज्ञानिक हिसाबबाट कुनै योजना नबनाइ गरिएका कार्यबाट हुन । विकासको काम गुरुयोजना बनाएर प्राविधिक हिसाबले परिपक्क  तवरले गर्नुपर्छ । अहिलेको बजेटले त्यो सोच्न पर्छ । हिजो सञ्चालन गरिएका अधुरा आयोजनाहरु अघि बढाउनुपर्ने छ भने ती आयोजनाहरु अघि बढ्नुपर्छ ।’

एक आपसमा दोषरोपण गरेर आर्थिक सुधार नहुने अध्यक्ष न्यौपानेले बताउनु भयो ।

उहाँकाअनुसार मुलुकभित्र रहेको स्रोत कसरी परिचालन गर्ने त्यसको विधि बनाउन जरुरी छ ।

आफ्नो देशको स्रोतलाई प्रयोग गरेर आर्थिक सुधार गर्नुपर्छ ।

अहिले सरकारी सेवाप्रवाह छरिँदा समस्या भएको छ, एकद्वार प्रणाली अवलम्वन गर्नुपर्छ ।

मुलुकमा तीन तहको सरकार भएपनि नागरिकले सरकार भेट्न सकिरहेको छैन ।

समस्या पर्दा प्रधानमन्त्री नै गुहार्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । 

अध्यक्ष न्यौपानेकाअनुसार नदीजन्य ढुंगा, गिटी बालुवा निकासी गरेर मुलुकले आर्थिक फाइदा लिनुपर्छ ।

नदी तथा खानीजन्यबाट बन्ने वस्तुहरु धेरै हुने भएकाले त्यो स्रोत उपयोगमा राज्यले जोड दिनुपर्छ ।

कृषि, वन, जडिबुटीबाट पनि मुलुकले आर्थिक उपार्जन गर्नसक्ने भएकाले यी वस्तुको उपयोग गर्नमा राज्यले ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ । आगामी बजेटमा ढुंगा, गिटी, बालुवाको व्यवस्थापन गर्नका लागि स्पष्ट खालको व्यवस्था बजेटबाट आउनुपर्छ ।

अहिले स्थानीय तहले ढुंगा, बालुवा, गिटिको ठेक्का गर्न सक्दैन ।

ठेक्का टेण्डर भएपनि आर्थिक वर्षको अन्त्यतिर गरिदाँ स्रोतमाथिको दुरुपयोग बढेको छ ।

खोला तथा नदीजन्य वस्तुहरुको समयमा व्यवस्थापन गर्न नसकिए त्यसले बर्खामा धेरै ठूलो क्षति गर्न सक्नेछ ।

बर्खा आउनुभन्दा पहिला त्यसलाई व्यवस्थित गर्नसक्नुपर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष न्यौपानेले योजना बनाएर खोला तथा नदीजन्य सामाग्रीहरुको बर्खाअघि नै व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँकाअनुसार  मन्त्रालयहरुले कार्यविधि बनाएरै त्यस्ता वस्तुहरुको व्यवस्थापन गर्नुपर्छ । अध्यक्ष न्यौपानेकाअनुसार क्रसर तथा खानी नविकरण भइरहेका छैनन् ।

सरकारले अनिर्णयको बन्दीमा यो क्षेत्रलाई राखेको छ ।

नविकरण गर्न कानूनी अवरोध नभएपनि नियमतको बेइमानी छ । क्रसर तथा खानी उत्खननबाट क्षति भएको जुन प्रचार गरिएको छ, त्यो झुटा हो ।

आगामी बजेटले कानून संम्मत दर्ता भएका क्रसर उद्योगले तिर्नुपर्ने कर दस्तुर लिएर नविकरण गर्ने बाटो खुलाउनु प-यो ।

क्रसर ब्यवसायी कर तिर्न तयार छन् । स्थानीय तहसँग खरिद गरेर ल्याएको कच्चा पदार्थलाई प्रशोधन गरेर आन्तरिक बजारमा पनि खपत गर्ने र निर्यात गर्नेसम्म गर्न सक्ने व्यवस्था बजेटमा गराउनुपर्छ । यसले व्यवसायीलाई निरन्तर व्यापार गर्न सघाउ पु¥याउनेछ ।

व्यापारिहरुले अनाधिकृत रुपमा व्यापार गरेर पैसा कमाउँदैछन् भनेर विचौलियाहरुले गलत सन्देश प्रवाह गर्ने गरेको न्यौपानेले बताउनु भयो । 

उहाँकाअनुसार ब्यापारीले व्यापार गर्न पाएमात्रै देशको अर्थतन्त्र चलायमान हुनसक्छ । व्यापार हुनसके रोजगारी सिर्जना हुनसक्छ ।

उद्योगहरु चल्न सकेमात्रै राज्यले सबैतिरबाट कर उठाउन सक्छ । उद्योग नै चल्न सकेन भने राज्यको स्रोत समेत खुम्चिनेछ ।

प्रत्येक साउन १ देखि सम्बन्धित स्थानीय तहले आफ्नो क्षेत्रका खोलानाला व्यवस्थापन तथा परिचालनका विधि बनाउनुपर्छ ।

खोला तथा नदी उत्खनन गर्दा लम्बाइ, चाडाइ राखिनुपर्ने र त्यही विधिमा टेकेर उत्खनन गर्न दिनुपर्छ ।

अहिले बजेट तथा नीति तथा कार्यक्रममा आएका विषयवस्तुलाई बजेटमा समेटेर लागू गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

निजी क्षेत्रको अभिभावक सरकार भएकाले कमजोरी भएका ठाउँमा सरकारले सच्चिने मौका दिनुपर्छ । आर्थिक सुधार गर्नका लागि निजी क्षेत्र र सरकार एकै ठाउँमा नआइ सम्भव नरहेको उहाँले बताउनु भयो । 

अध्यक्ष न्यौपानेकाअनुसार अहिले कतिपय जेलिएर रहेका कानूनहरुका कारण व्यवसायीहरु मर्कामा परेका छन् । उ

द्योग धन्दा नै प्रभावित हुनुपरेको छ । त्यसलाई सरकारले हटाउनुपर्छ । उद्योगधन्दामैत्री कानूनहरु बनाएर व्यवसाय गर्ने वातावरण सिर्जना सरकारले बनाउनुपर्छ ।

अहिले क्रसर तथा खानी व्यवसायीलाई परिरहेका समस्या कसैले पनि नबुझिदिएको उहाँले बताउनु भयो ।

अध्यक्ष न्यौपानेकाअनुसार विभागिय मन्त्रालयले पनि नजरअन्दाज गरिदिँदा व्यवसायीहरु दिनप्रतिदिन प्रताडित बन्नुपरेको छ ।

अहिले क्रसर तथा खानीमा भएको लगानी पूरै जोखिममा परेको छ ।

व्यवसायीहरु पलायनको स्थितिमा पुगेका छन् ।

Previous Post

सुनको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

Next Post

गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्णः काँग्रेस

Next Post

गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्णः काँग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन