उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताउनुभएको छ ।
बुधवार ललितपुरमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित ुन्दर भूमि आन्तरिक र वाह्य बसाईको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको बताउनु भयो ।
इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाहरुको साथ खोजिरहेको उल्लेख गर्नुभयो । सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई युवाले छोडेर नजाने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले युगको नायक युवा नै भएको बताउँदै पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहका जनसंख्या ४२.५८ प्रतिशत रहेको बताउनु भयो ।
युवालाई नेतृत्व विकास, उद्यमशिलता, स्टार्टअपमार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याण्कारी कार्यमा संलग्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामी सबै मिलेर गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ गर्दै पारदर्शी प्रशासनको लागि आवश्यक प्राविधिक ज्ञान, सीप र दक्षतालाई अंगीकार गर्न तयार छौँ । सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्न सक्छन् । वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रा सुन्दर भूमि आन्तरिक र वाह्य बसाईको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको छ । इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाहरुको साथ खोजिरहेको छ । सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरुले पक्कै छोडेर हिँड्नु हुनेछैन ।’
उपप्रधानमन्त्री सिंहले समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा आवश्यक रहेको बताउनु भयो । सिर्जना र साधनको श्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पु¥याउन तत्पर रहने विश्वास व्यक्त गर्नुभयो ।






