• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प

नीतिप्रेस by नीतिप्रेस
May 30, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायात सञ्चालन ठप्प भएको छ ।

राइड सेयरिङलाई मान्यता दिनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आफ्ना सवारी साधन घरमै थन्क्याएर आन्दोलन गरेका हुन् ।

गण्डकी प्रदेशभरि कतै पनि सवारी सञ्चालन नभएको र १९ गतेदेखि देशैभर सवारी नचल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदारप्रसाद पौडेलले जानकारी दिए । गण्डकीबाट कुनै पनि सार्वजनिक सवारी बाहिरिन र भित्रिन नपाउने उनले बताए ।

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले तीन बुँदे माग अघि सारेर आन्दोलन गरेको हो ।

व्यवसायीका तीन बुँदे मागमा सरकारले ल्याएको नियमावली पूर्ण रूपमा खारेज हुनुपर्ने, सार्वजनिक सवारी संचालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने छ ।

महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसीले प्रदेश सरकारले ल्याएको नियमावली खारेज गर्नुपर्ने मागसहित व्यवसायीले आफ्ना सवारीसाधन घर ग्यारेज गरेको बताए ।

यातायात व्यवसायीको अरवौँ लगानी गरेका सार्वजनिक यातायात क्षेत्रलाई कमजोर पार्ने तथा यात्रुहरूको सुरक्षामा चुनौती खडा गर्ने गरी ल्याइएको नियमावली खारेज गर्ने माग आफूहरुको रहेको उनले बताए ।

केसीले भने, “हामीले अरवौँ लगानी गरेका सार्वजनिक यातायात क्षेत्रलाई कमजोर पार्ने, बिचौलिया र कमिशन प्रणालीलाई बढवा दिने तथा यात्रुहरूको सुरक्षामा चुनौती खडा गर्ने गरी ल्याइएको नियमावली  खारेज हुनुपर्छ, प्रदेश सरकार गम्भीर भएर माग सुनुवाई नगरे केन्द्रसँगको समन्वयमा देशव्यापी रूपमा सार्वजनिक यातायात सेवा ठप्प पार्न बाध्य हुने छौँ।”

महासंघको केन्द्रले संघीय सरकारलाई समेत ध्यानाकर्षण पत्र बुझाइसकेको भए पनि यातायात व्यवसायीको मागप्रति सरकार गम्भीर नभएकोले थप आन्दोलनको विकल्प नभएको उनको भनाइ छ ।

यसअघि पनि गण्डकीमा राइड सेयरिङसम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।

प्रदेश सरकारले अहिले कार्यविधि नभई राइड सेयरिङसम्बन्धी छुट्टै नियमावली जारी गरेर कानूनी प्रक्रिया अघि बढाएको छ । गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङलाई नियमन र व्यवस्थापन गर्न ल्याएको राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

सार्वजनिक यातायात बन्द भएसँगै शिक्षा सेवा आयोगले लिने निमावि तहको परीक्षामा सहभागी हुने परीक्षार्थीलाई समस्या परेको छ । परीक्षा शनिबार पोखरामा हुँदैछ ।

Previous Post

राधिका दासी आज कोटीहोममा आउने

Next Post

सरकारद्वारा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पेस [पूर्णपाठ]

Next Post

सरकारद्वारा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पेस [पूर्णपाठ]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन