पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे गृहमन्त्रालमा तानिएका छन् ।
गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्ने क्रममा पाण्डेलाई गृहमा तानिएको हो ।
पाण्डेले २०८१ जेठ १६ देखि कास्कीको प्रजिअको जिम्मेवारी सम्हालेका थिए ।
पाण्डेको स्थानमा बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पठाइएको छ । शर्मा सम्भवतः कास्कीमा दोस्रो महिला प्रजिअ हुनेछिन् ।
कास्की, बर्दियासँगै धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।
सरुवा सूची अनुसार, मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा तथा अरुण पोखरेललाई पाँचथरमा पठाइएको छ ।






