• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कालिका माविमा अभिभावक भेला

नीतिप्रेस by नीतिप्रेस
June 5, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ ।

शिक्षक-अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए ।

उनले विद्यार्थीको पढाइ राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्ने बताए । आफ्ना बालबालिकालाई पढ्नका लागि वातावरण निर्माण गर्दै निरन्तर विद्यालयको सम्पर्कमा रहन उनले अभिभावकलाई सुझाव दिए ।

विद्यालय, अभिभावक र विद्यार्थीबिचको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनसके मात्र पठनपाठन राम्रो हुने बताउँदै प्रधानाध्यापक जोशीले असल अभिभावकत्वका लागि अपनाउनुपर्ने उपायबारे अन्तर्क्रिया गराएका थिए । उनले विद्यालय नयाँ शैक्षिक सत्रमा बनाएका शैक्षिक योजनाका विषयमा पनि अभिभावकलाई जानकारी दिएका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गङ्गाबहादुर पुनले विद्यालयले नयाँ शैक्षिक सत्रमा बनाएका व्यवस्थापकीय योजनाहरूबारे जानकारी दिँदै विद्यालय राम्रो बनाउन अभिभावक सचेत हुनुपर्नेमा जोड दिए । अभिभावकको सुझावलाई विद्यालयले सदैव स्वागत र सम्मान गर्ने पुनको भनाइ थियो ।

सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको स्वागतमा भएको कार्यक्रममा अभिभावकको जिज्ञासाका बारेमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि शान्तादेवी घिमिरे, शिक्षक-अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ति केसीलगायतले जवाफ दिएका थिए ।

Previous Post

कोटिहोममा चित्रकार र कविको जमघट

Next Post

रतनपाण्डे माविमा विश्व वातावरण दिवस

Next Post

रतनपाण्डे माविमा विश्व वातावरण दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन