पोखरा । पोखरा महानगरपालिका वडा नं १३ अर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयले विश्व वातावरण दिवस २०२५ मनाएको छ ।
विद्यालयले “प्लास्टिक प्रदूषण अन्त्य गरौँ” विश्व वातावरण दिवस २०२५ मनाएको हो ।
विद्यालयले विद्यार्थीलाई प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोगयोग्य वस्तुको प्रयोग गर्ने र वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले समुदायमा सरसफाई अभियान, वातावरण संरक्षणमा नारा लेखन जस्ता सचेतनामूलक गतिविधि गरेको विद्यालयका सूचना सञ्चार संयोजक धर्मेश जयसवालले जानकारी दिए ।






