• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज महालक्ष्मीको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
June 6, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ ज्येष्ठ २३ गते शुक्रबार, इस्वीसंवत जुन ५ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको एकादशी तिथि अहोरात्र रहनेछ । नक्षत्रमा हस्ता बिहानमा ८ः०९ बजेसम्म त्यसपछि चित्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात १७ घटि १७ पलासम्म त्यसपछि वरियान योग रहनेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा अमृत रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३४ घटि २६ पला अर्थात १३ घण्टा ४९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१० बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा २ः४१ बजे र अस्ताउने समय रातिमा १ः४१ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्नेछन् । लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

वृषः आज स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शत्रु सबल रहन सक्छन् । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्नेछ ।

मिथुनः आज नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच तनाव बढ्नेछ ।

कर्कटः आज वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । लगनशीलताले काम अघि बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक तथा राजनैतिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । घर जग्गा खरिद तथा बिक्रीको राम्रो योग रहेको छ ।

सिंहः आज अध्ययनमा त्यति ध्यान दिन सकिनेछैन । सहयोगको नाटक गर्नेले झुक्याउन सक्छन्, सावधान रहनुहोला । व्यर्थको सास्ति खेप्नुपर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । अधिकार प्राप्तिका लागि खूब संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउने देखिएकोछ ।

कन्याः आज लगनशीलताले काम अघि बढ्नेछन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । लामो यात्रा सुखद् र सफल हुनेछ । परिवारमा पनि सुख सन्तोष छाउनेछ ।

तुलाः आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । आफ्नै जिद्धीपनाले गर्दा काम बिग्रने डर हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने देखिन्छ, सजक रहनुहोला । टाढाको यात्रा आज शुभ छैन । परिवारमा झगडा पर्न सक्छ, मनलाई शान्त राख्न देवीको मन्दिरमा पूजा गर्नुहोला । 

वृश्चिकः आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । वाहान लाभ हुने समय आएको छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला । धार्मिक कार्य गर्दा राम्रो हुनेछ । 

धनुः आज समयको ख्याल नगर्दा पुराना तथा नयाँ काम थाती रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा दैनिक कष्टप्रद हुनेछ । आज माया प्रेममा टाढै रहनु बेस हुनेछ, तपाइँकी प्रेमिकाले शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ ।

मकरः आज अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुसार चल्न नसक्दा दुःख पाईनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानी गर्दा लगानी डुब्ने सम्भावना देखिन्छ, ध्यान दिनुहोला ।

कुम्भः आज लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेका लागि समय शुभ छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबारमा ध्यान दिनुहोला । 

मीनः आज छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाइनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । तपाइँको काममा दाजुभाई तथा छिमेकीबाट सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ ।

साहित (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले दक्षिण र पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, उत्तर र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म चर बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म लाभ बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म अमृत बेला
बिहान १०ः१८ बजेदेखि १२ः०२ बजेसम्म काल बेला
दिनमा १२ः०२ बजेदेखि १ः४६ बजेसम्म शुभ बेला
दिनमा १ः४६ बजेदेखि ३ः२९ बजेसम्म रोग बेला
दिनमा ३ः२९ बजेदेखि ५ः१३ बजेसम्म उद्धेग बेला
दिनमा ५ः१३ बजेदेखि ६ः५७ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५७ बजेदेखि ८ः१३ बजेसम्म लाभ बेला
साँझ ८ः१३ बजेदेखि ९ः२९ बजेसम्म अमृत बेला
राति ९ः२९ बजेदेखि १०ः४६ बजेसम्म काल बेला
राति १०ः४६ बजेदेखि १२ः०२ बजेसम्म शुभ बेला
राति १२ः०२ बजेदेखि १ः१८ बजेसम्म रोग बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म उद्धेग बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म चर बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

रतनपाण्डे माविमा विश्व वातावरण दिवस

Next Post

कोटिहोममा आज सन्त, महन्त, जनप्रतिनिधि कर्मचारी आउँदै, भोलि २१ करोड दिप प्रज्वलन

Next Post

कोटिहोममा आज सन्त, महन्त, जनप्रतिनिधि कर्मचारी आउँदै, भोलि २१ करोड दिप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन