• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रतनपाण्डे माविमा स्वास्थ्य शिविर तथा विद्यार्थी सम्मान

नीतिप्रेस by नीतिप्रेस
June 16, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्बास्थित श्री रतनपाण्डे माध्यमिक विद्यालयले आइतबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य शिविर तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्व. बोधराज बराल स्मृति अक्षयकोषका संस्थापक एवं मुटुरोग विशेषज्ञ डा. दीपकराज बरालले ५० वर्ष उमेर नाघेका करिब २७० जनाको निःशुल्क मुटु जाँच परीक्षण गरेका थिए ।

डा. बरालले उनको आमा अक्षयकोषकी संरक्षक निर्मल बराल, सृजना बराल, सुरुपा बराल र सुशान्त बरालको उपस्थितिमा अक्षयकोषमा रकम वृद्धि गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।

डा. बरालले आफू पढेको र जन्मे हुर्केको गाउँमा यसरी निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउनु र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि लक्षित वर्गका विद्यार्थीले लाभ लिएको र सोही अनुसारको प्रतिफल प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

शिविरमा चिकित्सक डा. सुरेन्द्र पौडेल, नर्सहरु सन्तु ज्वारचन, लुकमाया पुन, आशिका कार्कीले समेत स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा इसिजि, मधुमेह, प्रेसरलगायतको परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

कार्यक्रममा हिमाल पौडेल र सुदिप श्रेष्ठ वेस्ट फार्मेसियल्सबाट औषधि वितरण गरेका हुन् ।

शहीद गंगालाल हृदय रोग अस्पताल काठमाडौँमा कार्यरत बरालले आफू जन्मेको र पढेको विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकाे र स्वास्थ्य शिविरको अवसरमा एक लाख रुपैयाँ थप गरी छ लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । उनले वार्षिक रुपमा सो रकमलाई बढाउँदै लैजाने योजना गरेको प्रतिवद्धता जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडाभित्र शिक्षा तथा स्वास्थ्यका कार्यक्रमलाई महत्व दिइ गरिएका स्वास्थ्य शिविरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताउँदै आगामी दिनमा पनि यस्तै गतिविधिलाई निरन्तरता दिन आग्रह गरे ।

स्व. बोधराज बराल स्मृति अक्षयकोषको रकमबाट एसइई परीक्षा २०८० बाट ३दशमलव७६ जीपीए प्राप्त गर्न सफल अभिषेक बराल र ३दशमलव३० जीपीए प्राप्त गर्न सफल मनिषा क्षेत्रीलाई जनही २५ हजार नगद, सम्मानपत्र र मायाको चिनोले सम्मानित गरिएको थियो ।

उक्त अवसरमा आशिर्वाद पुस्तक पसल एवं स्टेशनरीका सञ्चालक कृष्णप्रसाद पोखरेलललाई पुस्तकालय निर्माण अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा सम्मान गरिएको विद्यालयका सूचना सञ्चार र प्रविधि संयोजक धर्मेश जयसवालले जानकारी दिए ।

साथै कार्यक्रममा ४२औँ जुनियर तथा युवा रेडक्रस गोष्ठी एवं ३१औँ शिक्षक नायक गोष्ठीमा उत्कृष्ट शिक्षक नायकको रुपमा सम्मानित राधादेवी बराल र सर्कललाई समेत बधाई ज्ञापन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार वसन्त शर्मा अधिकारी, सल्लाहकार देवराज पौडेल, वसन्तराज बराल, विद्यालय व्यवस्थापन समिति सदस्य बलबहादुर बराल, कमलपोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं जनकल्याण समितिका पूर्वअध्यक्ष माधवप्रसाद आचार्य, पुस्तकालय स्थापनाका लागि योगदान पु¥याउने कृष्णप्रसाद पोखरेल, विद्यालयका प्रधानाध्यापक डिल्लीराम बराल, सहायक प्रधानाध्यापक विष्णुप्रसाद दाहाललगायतले बोलेका थिए ।

Previous Post

आज कति होला सुन-चाँदीको भाउ ?

Next Post

पोखरा-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक

Next Post

पोखरा-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन