• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार बढी, महिला भन्दा पुरुष धेरै

नीतिप्रेस by नीतिप्रेस
June 27, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था रहेको छ ।

मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरु, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु, महिला यौनकर्मीहरु, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरु रहेका छन् ।

एचआइभी संक्रमितहरु महिला भन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताउनु भयो ।

उहाँकाअनुसार नेपालमा एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था छ । मुख्य जोखिम समूह मेल ह्याभिङ सेक्स विथ मेल, ट्रान्सजेण्डर, फिमेल सेक्स वर्कर, ड्रग्स युजर, आप्रवासी व्यक्तिहरुमा मुख्य गरेर एचआइभीको अवस्था अरु सामान्य पपुलेसन भन्दा धेरै छ । नेपालमा जम्मा एचआइभी संक्रमितको संख्या अनुमानित ३४ हजार ३ सय ३७ रहेको छ । मुख्य गरी पुरुषहरुमा अझ बढी रहेको छ । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको छ । एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ छ । विगतका तथ्यांक र अहिलेको अवस्थाका बारेमा गरिएको विभिन्न अध्ययनलाई लिएर यो सार्वजनिक गर्दछौँ । जोखिम समूहमा बढी एचआइभि छ भन्दा सरकारले यसमा के कति कार्यक्रम बनाएर अघि बढेको छ । हाम्रो नीति र बजेट कसरी राख्नुपर्छ भनेर अध्ययन गरिएको थियो । विशेष गरी सेक्सवर्करहरु, फिमेल सेक्स वर्कर १ लाख १५ हजार ९ सय १९ जना हुनुहुन्छ भने मेल ह्याभिङ सेक्स विथ मेल उहाँहरु ७७ हजार ३ सय ४० जना हुनुहुन्छ । ट्रान्सजेण्डर व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ जना हामीले मुख्य जोखिम समूहका रुपमा हामीले गरेको स्टडीले देखाएको छ ।

यौन व्यवसायमा संलग्न व्यक्तिहरु १ लाख १५ हजार ९ सय १९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३ सय ४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ र लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु ४४ हजार ३ सय ५० जनामा यो अध्यन गरिएको हो ।

निःशुल्क साधन अभाव परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने विज्ञहरुले बताएका छन् ।

Previous Post

प्रकाशमानको प्रश्नः पटक—पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँले के गर्न सक्छन् ?

Next Post

निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्थाका कारण कुनैपनि पार्टीले एकल बहुमत पाउन गाह्रो छः सभापति देउवा

Next Post

निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्थाका कारण कुनैपनि पार्टीले एकल बहुमत पाउन गाह्रो छः सभापति देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन