पोखरा । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गर्नुभएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद मिश्रले यस्तो माग गर्नुभएको हो ।
उहाँले प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमा बुँदा नै थपघट हुनु आपत्तिजनक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ । सांसदहरु भन्छन्–विश्वासघात भयो ।
यसका सम्बन्धमा आवश्यक छानविन गरी दोषिमाथि कारबाही होस् ।
कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानुनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी व्यवस्था गरीएको छ । यसको चौतर्फि आलोचना भइरहेको छ ।






