• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्थानीय पूर्वाधार विभागको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएकाले ग्रामिण क्षेत्रमा बजेट परेको होः उपप्रधानमन्त्री सिंह

नीतिप्रेस by नीतिप्रेस
July 2, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी आर्थिक वर्षका कार्यक्रमहरू ‘आयोजना वर्गीकरण मापदण्ड २०८०’ को दायरा भित्र रहेर बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रिपरिषद् निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विभागको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएको कारण ग्रामिण विकासका आयोजनाको लागि समेत बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

ग्रामीण क्षेत्रका आयोजनामा समेत टुक्रे आयोजनाको लागि बजेट विनियोजन गरिएको भन्दै नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले मन्त्रालयको नाम ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिनुभएको थियो ।

उपप्रधानमन्त्री सिंहका अनुसार उक्त विभागअन्तर्गत ग्रामिण सडक लगायतका कार्यक्रमहरू विगतदेखि नै कार्यान्वयन हुँदै आएको हुँदा त्यस्ता कार्यक्रमका लागि बजेट विनियोजन हुनु स्वाभाविक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अगामी आर्थिक वर्षमा मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रमहरुको हकमा आयोजना वर्गीकरण मापदण्ड २०८० को परिधिभित्र रहेर बजेट विनियोजन भएको यथार्थता समेत म अवगत गराउन चाहान्छु । माननीयहरुले शहरी विकास मन्त्रालयले ग्रामिण क्षेत्रसँग सम्बन्धीत कर्यक्रममा समेत बजेट विनियोजन गरेकोले यस मन्त्रालयको नाम परिवर्तन गरी मन्त्रालयको नाम शहरी विकास एवं ग्रामिण विकास राख्न सुझाव पेस भएमो सन्दर्भमा २०७९ साउन १९ को नेपाल सरकारको मन्त्रिपरिषदेको निर्णयपश्चात संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको समेत जिम्मेवारी प्राप्त भएको हुँदा सो विभागअन्तर्गत विगतदेखि नै कार्यान्वयन हुँदै आएका ग्रामिण क्षेत्रसँग सम्बन्धी सडक लगायत कार्यक्रम संचालन हुँदै आएका छन् । यस मन्त्रालयको कार्यक्षेत्रभन्दा फरक साना सिंचाई कार्यक्रममा समेत बजेट विनियोजन भएको विषयमा विगतदेखि नै कार्यान्वयनमा रही सम्पन्न हुन बाँकी रहेको यथार्थतामा हाल शहरी विकास मन्त्रालयअन्तर्गत आएकोले त्यस्ता प्रकृतिका कार्यक्रममा बजेट विनियोजन भएको व्यहोरा अवगत गराउन चाहान्छु ।

उहाँले साना सिँचाइजस्ता शहरी विकास मन्त्रालयको कार्यक्षेत्रभन्दा अलग विषयमा बजेट विनियोजन गरिएको प्रसंगमा उठेका प्रश्नको जवाफ दिँदै यस्ता कार्यक्रमहरू विगतदेखि नै संचालनमा रही अझै पूर्ण नभएको अवस्थामा मन्त्रालयको कार्यक्षेत्रमा आएका कारण बजेट विनियोजन गरिएको बताउनु भयो ।

Previous Post

रारालाई लेक सिटीको रुपमा विकास गरौँः सांसद जबरा

Next Post

धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिनुपर्छः सांसद ढकाल

Next Post

धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिनुपर्छः सांसद ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन