पोखरा । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुरु भएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने बताइएको छ । साथै पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधिन मुद्दा र अहिलेको परिस्थितिबारे छलफल हुनेछ ।






