• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाँच सयका भारतीय नोटबारे संसदीय समितिमा बहस, के भन्छ राष्ट्र बैंक ?

नीतिप्रेस by नीतिप्रेस
July 4, 2025
in अर्थ/वाणिज्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । अर्थ समितिका पछिल्ला बैठकमा भारतीय नोटबारे गर्मागर्मी बहस हुन थालेका छन् ।

गभर्नर सम्मिलित बैठकमै खासगरी भारतबाट नेपाल आउँदा भारु नोट कम ल्याउन दिइएको कारण नेपालमा आउने भारतीय पर्यटकहरुले खर्च गर्न नपाएको भन्दै समिति बैठकमा सांसदहरुले प्रश्न उठाउनु भयो ।

अर्थ समितिको बिहीवारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल आउने भारतीयलाई भारु नोट ल्याउन कडाइ गरिएकै कारण धेरै होटलहरुमा चहलपहल घटेको बताउनु भयो ।

प्रमुख सचेतक शाहीले भन्नुभयो– ‘नेपालमा होटल खोलेको धेरैभन्दा धेरै जसो हाम्रो छिमेकी राष्ट्र भारतबाट पर्यटक आउछन भनेर हो । यहाँ मान्छेहरुले ठूलाठूला होटलहरुमा करोडौं लगानी गरिएका छन् । बोर्डर साइटमा पूर्वको धुलाबारीदेखि पश्चिमको दोधारा चाँदनीसम्म हरेक पाँच किमिमा थ्री स्टार लेभलका होटलहरु चलाइएका छन् । ति होटल किन खोलिएका हुन भने भारतीय पर्यटकहरु आउन र खर्च गरुन भनेरै हो । तर नेपाल राष्ट्र बैंकको नियम एउटा सीमा राखेर भारु नोट ल्याउन पाउने नीति बन्यो । त्यो नीतिका कारण नेपालका व्यवसाय ठप्प भयो । नोट ल्याउन नपाउने भन्नेमा संवैधानिक व्यवस्थामा कुनै अड्चन पनि छैन । कुनै नेपालमा ऐन पनि बनेको देखिन्न । यो नेपाल राष्ट्र बैंकका गभर्नरले एउटा निर्देशिका जारी गरेकै भरमा रोकिएको छ । यसले नेपालको इकोनोमि ठप्प पार्न थालिसक्यो । यो के भएको हो हामीलाई जानकारी चाहियो ।

भारु नोटबारे शाहीले मात्रै प्रश्न सोध्नुभएन, अर्का सत्ताघटक एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समेत प्रश्न गर्नुभयो । उहाँले नेपालको नीतिका कारण भारुमा ल्याउन नपाएको र पर्यटन क्षेत्र प्रभावित भएको बताउनु भयो । 

एमाले सांसद् थापाले भन्नुभयो–‘पर्यटकहरुलाई आकर्षित गर्ने र अर्थतन्त्रलाई त्यसले महत्वपूर्ण टेवा पु¥याउने गरी पोलिसिका बारेमा हामी छलफल गछौं । तर तीन वर्ष भो हामी कहाँ आउने भारतीय पर्यटकले खर्च गर्न रकम ल्याउन नपाउने स्थीति रह्यो । हाम्रा कानूनका कारणले यो स्थीतिको अन्त्य गर्नुपर्छ । हाम्रा पोलिसिले कन्टोल गरेको छ र इकोनोमिले क्षती गरेको छ भने एक्सन लिनुपर्छ ।’

शाही र थापाको प्रश्नको जवाफ दिन अर्थसमिति सभापति सन्तोष चालिसेले गभर्नर विश्वनाथ पौडेललाई निर्देशन दिनुभयो । तर उहाँले दिन चाहनु भएन । बैठकमा सहभागि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई गभर्नर पौडेलले जवाफ दिन आग्रह गर्नुभयो । कार्यकारी निर्देशक पौडेलले भारतीय नागरिकहरुले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एकसय भन्दा माथिका ठूला नोटहरु ल्याउन नपाइने बताउनु भयो । 

कार्यकारी निर्देशक पौडेलले भन्नुभयो– ‘भारतीय नागरिकहरुले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एक सय भन्दा माथिका ठूला नोटहरु ल्याउन पाइँदैन । एउटा पनि पाइदैन । त्यो भनेको नेपाल र भारतको आफ्नो नीतिगत व्यवस्थाले गर्दा हो । तर ५ हजार डलर बराबरको भारतीय रुपैँया भन्सार जाँचपास गराएर ल्याउन सकिन्छ । त्यो भनेको सय त्यो भन्दा तलका साना नोट ल्याउनुपर्छ । पाँच हजार डलर त्यो भनेको करिब ४ लाख भारुसम्म ल्याउन सकिन्छ । स्पष्ट पार्न चाहन्छु ।’

कार्यकारी निर्देशक पौडेलकाअनुसार ५  हजार डल भन्दा बढि वा सो बराबरको अन्य विदेशी मुद्रा ल्याउनु पर्दा भन्सार जाँचपास गराएर ल्याउनुपर्छ । १० लाख नेपाली रुपैँया भन्दा बढिको क्यास लिएर आवाज जावत गर्न विशेष कारण परेको बेलामा मात्रै पाइन्छ । अन्यबेला नपाइने उहाँले बताउनु भयो । 

राष्ट्र बैंकका निर्देशक पौडेलको जवाफमा शाहीले चित्त बुझाउनु भएन । शाहीले  पाँच सयका भारु नोट नेपालमा के कारणले प्रतिवन्ध गरियो भन्दै प्रश्न तेस्र्याउनुभयो । उहाँले भारतमा २ हजारका नोट पनि चल्ने तर नेपालमा पाँच सयका भारु नोट नचल्ने त्यस्तो हुन नसक्ने बताउनु भयो । 

समिति सभापतिले समेत शाहीको प्रश्न सही भएको भन्दै पाँच सयको नोट कुन कानूनले ल्याउन नपाउने हो जवाफ दिन राष्ट्र बैंकका निर्देशक पौडेललाई फेरि रुलिङ गर्नुभयो । जवाफमा पौडेलले नेपालका बैंकहरुसँग एक सय र पाँचसयका धेरै नोटहरु रहँदा रहँदै जब भारतमा रातारात पाँचसयका नोटमा प्रतिबन्ध लगाइएको त्यसबाट औपचारिक रुपमा ती नोट भारतलाई विक्री गर्ने अवस्था नरहेको बताउनु भयो । उहाँकाअनुसार धेरैपटक भारतलाई आग्रह गर्दा पनि अहिले पनि पुराना नोट नसाटिदाँ थ्रुपै भारतीय नोट यथावत छन् । बिचमा भारतसँग एउटा छलफल भएको उहाँले बताउँदै भारतीय पक्षले एक सयभन्दा बढिका भारु नोट नेपालमा ल्याउन पाइने तर नागरिकले बोकेर लैजान नपाउने कुराकानी भयो । सोही नियम भारतमा लागू गरियो । नागरिकले ठूला भारतीय नोट बोकेर हिँड्दा ती नोटले नेपाली नोटलाई बिस्थापित गर्नसक्ने अर्को जोखिम भएकाले त्यसमा राष्ट्र बैंकले पनि कडाइ गर्न बाध्य भएको उहाँले बताउनु भयो । 

भारतीय नोटका बारेमा अर्गसमितिको शुक्रवारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिनुभएको छ । उहाँकाअनुसार नेपालका कारणले मात्रै नभई भारतीय कारणले कडाइ भइरहेको बताउनु भयो । उहाँकाअनुसार भन्सारमा घोषणा नगरी ४ लाख र घोषणा गरेर ६ लाख भारू ल्याउन सकिन्छ । क्युआर कोड र कार्डबाट भुक्तानी गर्न सकिन्छ । ५०० भारूको नोटबारे नेपालको मात्र निर्णयले मात्रै भारतमा फिर्ता हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

Previous Post

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण देओस्, जुनसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

Next Post

बाजागाजाहरु जनताका आवाज पनि हुन्ः उपप्रमुख डंगोल

Next Post

बाजागाजाहरु जनताका आवाज पनि हुन्ः उपप्रमुख डंगोल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन