• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जेडियुसिसीले असार २६ गते देशव्यापी प्रदर्शन गर्ने, आम हड्तालको चेतावनी

नीतिप्रेस by नीतिप्रेस
July 8, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) श्रमिक अधिकार संरक्षण र प्रवद्र्धनका लागि सरकार, रोजगारदाता तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।


काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा केन्द्रले न्युनतम पारिश्रमिकको पुनरावलोकन, सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयन, श्रम ऐन तथा नियमहरूको संशोधन, र श्रम बजारमा देखिएका अन्य विसंगतिहरूको सम्बोधन आवश्यक रहेको बताएको हो । जेटियुसीसीका अध्यक्ष जगतबहादुर सिम्खडाले हाल श्रमिकहरू विविध समस्याको चपेटामा परेको बताउँदै श्रम बजारमा आउटसोर्सिङको दुरुपयोग, श्रमिक अधिकारको हनन, न्युन पारिश्रमिक, तथा श्रम ऐनको कार्यान्वयन नहुँदा श्रमिकको जीवन कठिन भएको बताउनु भयो । जेटियुसीसीले वैज्ञानिक आधारमा श्रमिकको न्युनतम पारिश्रमिक मासिक ३० हजार ४ सय ४३ तोकिनुपर्ने माग राखेको छ । पछिल्लो दुई वर्षको महँगी र मुद्रास्फीतिले श्रमिकको जीवनस्तरमा गम्भीर असर पारेको जनाउँदै संगठनले वर्तमान पारिश्रमिक १७ हजार ३ सय श्रमिकको जीवन निर्वाहका लागि अपुग र गैर–मानव अधिकारसम्मत भएको दाबी गर्नुभयो । जेटियुसीसीले सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूमा श्रम ऐन लागू नहुने भनेर दिएको हालको फैसलाप्रति आपत्ति जनाएको छ । यसले श्रमिकको मौलिक अधिकारमाथि गम्भीर आघात पुगेको भन्दै संगठनले अदालतको निर्णय संविधान, अन्तर्राष्ट्रिय श्रम सन्धि तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डविपरीत रहेको बताउनु भयो । जेटियुसीसीले सरकारसँग १० प्रतिशत श्रमिक प्रतिनिधित्वको सुनिश्चितता, संवैधानिक श्रम आयोगको गठन, श्रमिकको कार्यस्थलमै मताधिकार, श्रम निरीक्षण प्रणालीको सुदृढीकरण, र रोजगारी सिर्जनाका कार्यक्रमहरूमा श्रमिकको सहभागिता सुनिश्चित गर्न माग राखेको छ । 


जेटियुसीसीले असार २६ गते देशव्यापी प्रदर्शन कार्यक्रमको घोषणा गर्दै काठमाडौं तथा सातै प्रदेशमा प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने, औद्योगिक करिडोरहरूमा ¥याली तथा सभा गर्ने बताएको छ । त्रिपक्षीय वार्तामा माग सम्बोधन नभए राष्ट्रिय आमहड्तालसहित चरणवद्ध संघर्ष गर्ने चेतावनी पनि दिइएको छ ।

Previous Post

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमको भनाइ संसदको रेकर्डबाट हटाउन एमाले मुख्य सचेतक बर्तौलाको माग

Next Post

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

Next Post

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन