लगातारको अविरल वर्षाका कारण पर्वत जिल्लाको मोदी गाउँपालिका–३ लाङ्दीस्थित एकतले घर पहिरोमा पुरिँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन्।
७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी पत्नी ७६ वर्षीया विष्णुमती विक पहिरोमा परेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उनीहरुको खोजी कार्य हालसमेत जारी रहेको छ।
सोही घरमा बस्दै आएकी ३२ वर्षीया पवित्रा विक भने भाग्न सफल भएकी छिन्। स्थानीय प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर खोजी कार्यमा जुटिरहेको बताइएको छ।
अविरल वर्षाले विभिन्न स्थानमा क्षति पुर्याइरहेको बेला उक्त घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।
(तस्वीर: मोदीखबरडटकम)







Nice post! 1754795790