• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यु ग्यालेक्सी स्कूलद्वारा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत

नीतिप्रेस by नीतिप्रेस
July 26, 2025
in कास्की, नेपाली समाचार आजको, शिक्षा
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ स्थित नदीपुरको न्यु ग्यालेक्सी स्कुलले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। कार्यक्रम पोखराको ताजमहल इभेन्ट सेन्टरमा आयोजना गरिएको थियो।

नयाँ विद्यार्थीहरूलाई विद्यालय जीवनको नयाँ सुरुवातमा स्वागत गर्दै आत्मीय वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य र अभिमुखिकरण सत्र समावेश गरिएको थियो।

कार्यक्रममा न्यु ग्यालेक्सी स्कूलका संस्थापक प्राचार्य डा. रामजी शर्माले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक यात्रा सफल बनाउन मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताए। उनले विद्यालयले विद्यार्थीहरूलाई प्रविधिमैत्री र व्यवहारिक शिक्षा प्रदान गर्न सदैव अग्रसर रहेको उल्लेख गरे।

विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले रुचि, क्षमता र सिर्जनशीलतालाई आधार मानेर विद्यालयले सिकाइको वातावरण सिर्जना गर्दै आएको बताए। स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई आत्मीयता र आत्मविश्वास प्रदान गर्ने विश्वास व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका थिए।

कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। गीत, नृत्य र हास्य प्रस्तुति जस्ता सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई मनमोहक बनाएको थियो।

न्यु ग्यालेक्सी स्कूलले शैक्षिक गुणस्तर मात्र होइन, व्यवहारिक शिक्षामा समेत विशेष ध्यान दिँदै आएको छ। विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट र पर्यटन संकाय अन्तर्गत अध्यापन भइरहेको छ।

वि.सं. २०५१ मा स्थापना भएको यस विद्यालयमा हाल करिब १,५०० विद्यार्थी अध्ययनरत छन्।

Previous Post

हिलप्वाइन्ट माविद्वारा कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रम

Next Post

मर्स्याङ्दी नदी किनारमा मृत भेटिइन् शान्ति

Next Post

मर्स्याङ्दी नदी किनारमा मृत भेटिइन् शान्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन