• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गर्मी बढेसँगै वीरगन्ज बाल सुधार गृहमा चर्म रोग पैलियो

नीतिप्रेस by नीतिप्रेस
July 27, 2025
in नेपाली समाचार आजको, मधेस प्रदेश, समाचार, स्वास्थ्य
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अत्यधिक गर्मी बढेसँगै वीरगन्जस्थित बालसुधार गृहमा चर्म रोग पनि फैलिएको छ । गृहमा आश्रित बालक तथा किशोरहरूमा अहिले चिलाउने, लुतोको संक्रमण फैलिएको छ । गृहकी स्टाफ नर्स अन्जु कुमारी झन्डै एक महिनायता यो रोगको संक्रमण फैलिएको बताउँछिन् । ‘

साँघुरो गृहमा कोच्चिएर बसेका बालक तथा किशोरहरूमा छिट्टै चर्म रोग फैलिएको हो,’ उनले भनिन्, ‘एक त प्रचण्ड गर्मी त्यसमाथि एउटै कोठामा १० देखि १५ जना सम्म कोच्चिएर बस्नु परेको अवस्था छ ।’

यसरी रोग लागेकाहरूसँग सम्पर्कमा आउनेलाई छिट्टै चर्मरोग सर्ने भएकाले गृहमा यो रोग तीव्र गतिमा विस्तार भएको उनले बताइन् । गर्मीका कारण दैनिक एक/दुई जना गृहमा आश्रित बालक बेहोस भइरहेको उनले बताइन् । ‘दैनिक एक/दुई जनाको दरले यसरी बेहोस भएका छन्,’ उनले भनिन्, ‘दैनिक कोही न कोही अस्पताल भर्ना गर्न लाने गरेका छौं ।’

गृहका निमित्त प्रमुख रवीन्द्रकुमार साह गृहको भौतिक संरचना जीर्ण र साँघुरो भएकाले बर्सेनि गर्मी महिनामा गृहमा समस्या हुने गरेको बताउँछन् । करिब २ कठ्ठा क्षेत्रफलमा मात्र फैलिएको गृहमा जम्मा ९ कोठा छन् । कोठाको आकार अनुसार तीनमा १० देखि १५ जना सम्म आश्रितलाई राख्नु पर्ने बाध्यता रहेको उनले बताए । गृहमा हाल १ सय २८ जना बालक तथा किशोर आश्रित छन् । यो क्षमताभन्दा करिब तेब्बर बढी संख्या हो ।

साँघुरो गृह परिसरमा खाना पकाउने मेस मुश्किलले सञ्चालन गरिएको छ । खेल मैदानको अभावले दिनभर गृहमा आश्रित बालक तथा किशोरहरू गफ गरेर बस्नु पर्ने बाध्यता छ । साँघुरो गृह परिसरमै गृहको कार्यालय, प्रहरीको युनिटसमेत सञ्चालनमा छ ।

Previous Post

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

Next Post

मनसुनी वायुको प्रभाव कमजोर, गण्डकीसहित केही स्थानमा भारी वर्षा हुने

Next Post

मनसुनी वायुको प्रभाव कमजोर, गण्डकीसहित केही स्थानमा भारी वर्षा हुने

Comments 1

  1. user325185 says:
    9 months ago

    Nice post! 1754795646

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन