• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

धम्पुसका बाटा फराकिला र कालोपत्र हुने

नीतिप्रेस by नीतिप्रेस
July 28, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 कास्कीको पर्यटकीय गाउँ धम्पुसका बाटा फराकिलो र कालोपत्र हुने भएको छ । योसँगै हेमजादेखि फेदीसम्म पुग्ने फराकिलो र नमुना बाटोबाट साँघुरो र ठाउँठाउँमा कच्ची बाटो हुँदै यात्रा गर्नुपर्ने सकस छिट्टै अन्त्य हुने भएको हो ।

माछापुच्छे्र गाउँपालिका वडा नं ७ घट्टेखोलाबाट धम्पुस हुँदै खानीगाउँ पुग्ने सडक स्तरोन्नति शुरुआत गरिएको छ । यो सडक ३० करोड १८ लाखमा स्तरोन्नति हुन लागेको हो ।

नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण हुन लागेको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले सडक स्तरोन्नतिको शुभारम्भ गरे । 

१३ दशमलव तीन किलोमिटर लामो यो सडकको पहिलो सात किलोमिटरसम्म अस्फाल्ट पिच गरिनेछ भने बाँकी ६ दशमलव ३ किमी सडकमा डिबिएसटी प्रविधिबाट कालोपत्र हुनेछ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत् बन्ने उक्त सडकको काम दुई वर्षभित्र सक्ने गरी २०८१ फागुन २१ मा सम्झौता भएको थियो । यो सडकको लागत ५१ करोड ९८ लाख भए पनि एमएस इकेके–एमसिएसपिएल–बिबिआर जेभीले करिब ४० प्रतिशत घटेर ३० करोड १८ लाखमा सम्झौता गरेको छ ।

भौतिक पूर्वाधार मन्त्री केसीले पर्यटकीय गाउँ धम्पुससम्म पक्की सडक बनेपछि सो क्षेत्रको पर्यटनसहित सबै पक्षमा सकारात्मक प्रभाव पर्ने जनाए । सडक निर्माणको गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । 

उनले भने, ‘कतोकिएको समयमै निर्माण सक्नुहोला, ४० प्रतिशत घटेर ठेक्का भएको छ, गुणस्तरमा सम्झौता हुन नदिनका लागि विशेष ख्याल राख्नुहोला ।’

यो सडक निर्माणले स्थानीय अर्थतन्त्र, रोजगारी, तथा सेवा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव पार्ने उनको विश्वास छ । मन्त्रालयले सडकको नियमित अनुगमन गरी समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न भूमिका निर्वाह गर्ने उनले जनाए । ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले यो सडकले सो क्षेत्रमा बहुआयामिक महत्व राख्ने उल्लेख गर्दै समयमै काम सक्ने गरी लाग्न र गुणस्तरमा सम्झौता नगर्न अनुरोध गरे ।

निर्माण कम्पनी एमएस इकेके–एमसिएसपिएल–बिबिआर जेभीमका प्रतिनिधि अनिल घिमिरले शुत्रबारबाटै सडक निर्माण सुरु गरी समयमै सम्पन्न गर्ने वाचा गरे । उनले सडक निर्माणमा आइपर्ने समस्या सुल्झाउन स्थानीयबासी, जनप्रतिनिधि, प्रशासनलगायतको सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, माछापुच्छे्र गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, धम्पुस मोटरबाटो सहयोग समितिका संयोजक जगन गुरुङलगायतले बोलेका थिए ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीले मापदण्ड बमोजिमको गुणस्तरीय सडक बनाउन आवश्यक जग्गा प्रदान गर्न र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरे ।

‘यो बाटो बन्नुमा सबैभन्दा बढी जस स्थानीयलाई जान्छ, जसले जग्गा दिनुभयो,’ उनले भने, अब स्तरोन्नतिमा पनि यहाँहरुको उस्तै साथ मिल्ने अपेक्षा छ । यो सडक स्तरोन्नति भएपछि धम्पुससहित यो क्षेत्रकै समृद्धिमा टेवा पुग्ने उनले अपेक्षा गरे ।

Previous Post

राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप उपसमिति गठन 

Next Post

एनआरएनए अष्ट्रेलियामा पोखराका भुवन तिमिल्सिना राष्ट्रिय कार्यसमिति सदस्य निर्वाचित

Next Post

एनआरएनए अष्ट्रेलियामा पोखराका भुवन तिमिल्सिना राष्ट्रिय कार्यसमिति सदस्य निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन