पोखरा । पोखरा रंगशालामा हालसम्म पनि फ्लडलाट र स्वीमिङ पुल जस्ता आधारभूत पूर्वाधार निर्माण नभएमा सांसद मनबहादुर गुरुङले आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा कास्कीबाट निर्वाचित सांसद गुरुङले रंगशालामा फ्लडलाइट नहुँदा साँझपख हुने खेल गतिविधि हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
स्वीमिङ पुल नहुँदा पौडी खेल जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुन नसकेको भन्दै उनले पोखरा रंगशालामा फ्लडलाइट, स्वीमिङ पुल र तालिम केन्द्रलगायतका संरचना तत्काल निर्माण गर्न माग गरे ।
उनले पोखरालाई खेल पर्यटन राजधानीको रूपमा विकास गर्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानीय मौलिक प्रतिभा पलायन हुनुपरेको दुःखेसो गरे । खेलकुद पूर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्ने उनको जिकिर छ ।
उनले भने, ‘पोखरा रंगशालामा आजसम्म फ्लडलाइट र स्वीमिङ पुल जस्ता आधारभूत पूर्वाधार नहुनु गम्भीर विषय हो । यसले साँझपख हुने खेल गतिविधि हुन सकेका छैनन् भने पौडी खेल जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुन सम्भव नै छैन ।’
‘पोखरालाई खेल पर्यटन राजधानीको रूपमा विकास गर्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानीय मौलिक प्रतिभा पलायन हुनुपरेको छ । खेलकुद पूर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्छ’, सांसद गुरुङले भने ।
उनले थपे, ‘परम्परागत ज्ञान, सीप, मौलिक, सांस्कृतिक र तमाम प्रतिभाहरूको संरक्षण रोजगार सिर्जना, व्यवसाय प्रवद्र्धन र समग्र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिन्छ । त्यसैले ढिला नगरी पोखरा रंगशालामा फ्लडलाईट, स्वीमिङ पुल र तालिम केन्द्र लगायतका संरचना यथाशीघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’







Nice post! 1754795536