• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अष्ट्रेलियामा नेपाली हिपहपको भव्य प्रदर्शन: नवाज अन्सारीको ‘साम्राज्य टुर

नीतिप्रेस by नीतिप्रेस
August 11, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली हिपहपका सुपरस्टार नवाज अन्सारीको बहुप्रतिक्षित ‘साम्राज्य टुर सिड्नी’ ५ अगस्टमा यु.एन.एस.डब्लु.को राउण्ड हाउसमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई हजार दर्शकको उपस्थितिसँगै यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली हिपहप इभेन्टको रूपमा दर्ज भएको छ। पूरै हिपहप थिममा आधारित यति ठूलो शो सिड्नीमा यसअघि कहिल्यै आयोजना भएको थिएन। नवाज अन्सारीको दमदार र्‍याप, उर्जाशील स्टेज उपस्थिति र सशक्त प्रस्तुतिले दर्शकलाई झुमाएको थियो। कार्यक्रममा सिड्नीका उत्कृष्ट स्थानीय कलाकार र डान्स क्रूहरूको सहभागिताले शोको आकर्षण थपिएको थियो।

सिड्नी इभेन्टको प्रमुख आयोजना मोक्ष इभेन्ट एण्ड इन्टरटेन्टमेन्टले गरेको हो, जसका प्रबन्ध निर्देशक प्रणय ओझा हुन्। कार्यक्रम व्यवस्थापनमा कला भैरव इभेन्टका निर्देशक विवेक बस्नेत र मनोज जीसीको सहयोग रहेको थियो। मोक्ष इभेन्टले समन्वय, ब्रान्डिङ, टिकटिङ र मिडिया संयोजनमार्फत कार्यक्रममा उच्चस्तरीय व्यवस्थापन गरेको बताइएको छ।

अष्ट्रेलिया टुरको समग्र व्यवस्थापन विशिखा फिल्म्सले गरेको हो। निर्देशक सुदिन केसी, प्रज्ञान श्रेष्ठ र गोविन्द भण्डारीको नेतृत्वमा मेलबर्न, ब्रिसबेन र सिड्नीमा भव्य कार्यक्रम सम्पन्न भएका थिए। मेलबर्न कार्यक्रम बर्ज इभेन्ट (विवेक जंग खत्री) र ब्रिसबेन कार्यक्रम सर्कर इन्टरटेन्टमेन्ट (सतीश गुरुङ र सरोज) ले आयोजना गरेका थिए।

पूरै टुरको स्टेज प्रोडक्सन, लाइट र साउन्ड व्यवस्थापनमा शिव तिवारी, सुलभ सुवेदी, सरोज रिजाल, मनिष अधिकारी र सुदिप खत्रीको विशेष योगदान रहेको थियो। आधुनिक प्रविधि र व्यावसायिक टोलीको संयोजनले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरिएको आयोजकहरूको दाबी छ। ‘साम्राज्य टुर अष्ट्रेलिया’ले नेपाली हिपहपलाई प्रवासमा ऐतिहासिक उचाइमा पुर्‍याएको भन्दै कलाकार, आयोजक र दर्शकले यसलाई भविष्यका लागि प्रेरणादायी उपलब्धि भएको बताएका छन्।

Previous Post

लमजुङमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन जना घाइते

Next Post

पोखरामा ऐतिहासिक पाल्पाली लाखे नाच : सांस्कृतिक धरोहरको भव्य प्रदर्शन

Next Post

पोखरामा ऐतिहासिक पाल्पाली लाखे नाच : सांस्कृतिक धरोहरको भव्य प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन