• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मानव मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गिरोह पक्राउ

नीतिप्रेस by नीतिप्रेस
August 31, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानव अंग मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।


नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्युरोले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । भारतको नयाँ दिल्लीमा बसेर सो गैरकानूनी कार्यमा नायिकेको भुमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रुपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराध अन्तर्गत कारबाही अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रुपमा मिर्गौला झिकी विक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले भन्नुभयो, ‘गत साउनको २० गते ३ जना प्रतिवादीहरुलाई पक्राउ गरेर यो मुद्दा शुरुवात गरेका थियौ । र त्यही सिलसिलामा ५ जना मिर्गौला पीडितहरुले हामी कहाँ जाहेरी दिईसक्नुभएको छ ।

र यो समूह कहाँबाट परिचालित छ भनेर बुझ्दाखेरी भारतको दिल्लीमा नेपालीको अंग झिक्ने र त्यहीबाट अंगको कारोबार गर्ने भन्ने हामीले अनुसन्धानको क्रममा सूचना पायौं । त्यसपछि हामी अपरेशन शिल्ड भनेर एउटा गैर कानूनी अंग प्रत्यारोपण अथवा गैर कानूनी अंग झिक्नेहरुको जीवन रक्षा भनेर त्यसको अपरेशन अघि बढायौं । यसमा हालसम्म हामीले ४ वटा मुद्दा दर्ता गरिसकेका छौं ।

र त्यसमा संगठित रुपमा कानून विपरित मानव अंग झिकी मानव बेचबिखन, ओसार पसार गरेको कसुरमा हामीले म्याद थप गरेर अनुसन्धान अगाडि बढिरहेको अवस्था छ । र हामीले संगठित अपराध ऐनलाई आकर्षित गराएर त्यसैमा म्याद थप गराएको अवस्था छ । यसमा हामीले काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक जिल्लाहरुबाट विभिन्न व्यक्तिहरुलाई इण्डिया लगेर त्यहाँ मानव अंग झिक्ने कार्यमा ३ जना पहिले नै पक्राउ परिसकेका थिए भने अहिले पछिल्लो समय २ जना श्यामकृष्ण भण्डारी र सुजन भारती भन्ने इण्डियाबाट काम गरिरहेको र उनीहरुले यो काममा सबैलाई परिचालन गरिरहेको भन्ने पाइयो ।

भण्डारी सुनकोशी गाउँपालिका वडा नम्बर ७ सिन्धुपाल्चोक घर भएर लामो समयदेखि इण्डियाको दिल्लीमा बसेर काम गर्ने गरेका वर्ष ३८ का हुन् । र अर्को इन्द्रावती गाउँ पालिका २ सिन्धुपाल्चोक घर भएर भारत दिल्लीमा भण्डारीको सहयोगीको रुपमा काम गर्ने गरेका वर्ष २९ का सुजन भारती भन्ने दुई जना प्रतिवादीमध्ये हामीले श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगर एरियाबाट र सुजन भारतीलाई बीरगंज एरियाबाट पक्राउ गर्न सफल भएका छौं । हिजो र अस्तीका दिनमा ।

उनीहरुलाई पनि हामीले यही मुद्दामा संगठित अपराधमा नै म्याद थप गरेको अवस्था छ । यस क्रममा नेपालको विभिन्न जिल्लाहरु जस्तो काभ्रे, सिन्धुपाल्चोकसिन्धुली, नुवाकोट, धादिङलगायतका जिल्लाहरुमा रहेका सोझा मानिसहरुलाई गरिवीको फाईदा उठाएर पैसाको प्रलोभन देखाएर मृर्गौला विक्री गर्न प्रोत्साहित गरेको पाईन्छ । अनुसन्धानको क्रममा सो गिरोहका ७ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सो गिरोहलाई संगठित अपरोध ऐन अन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ । सो ऐन अन्तर्गत मानव बेचविखन र गैरकानूनी रुपमा अंग बेचविखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताउनु भयो ।

Previous Post

टुँडिखेलमा गौरा पर्व

Next Post

मलेसियाले मनायो ६८ औं स्वतन्त्रता दिवस

Next Post

मलेसियाले मनायो ६८ औं स्वतन्त्रता दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन