• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगरौंः शंकर पोखरेल

नीतिप्रेस by नीतिप्रेस
September 7, 2025
in नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताउनुभएको छ ।


पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आईतवार पार्टी नेताहरुले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिनुभयो । केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उहाँले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाई गर्दै आएको दाबी पनि गर्नुभएको उहाँले बताउनु भयो ।


प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, ‘पार्टी दृष्टिकोणमा अन्यौल भएर प्रचार गरिएकोमा उहाँले यस्तो काम नगर्न, सो सम्बन्धि अनर्गल प्रचार नगर्न, पत्रकार साथीहरुलाई अमुक, अमुक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति पनि उहाँले आग्रह गर्नुभएको छ । त्यसपछि जबज छोडयो, जबज छोड्यो भनेर भन्नु भयो । हाम्रा सबै डकुमेन्टहरुमा जबजको मार्गदर्शनमा हामी मार्ग निर्देशित भएर अगाडि बढिरहेका छौं । जबजको विचार, सिद्धान्त समृद्ध बनाउने क्रममा मदन भण्डारीले पाँचौ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यो कुरा उहाँले जानकारी दिनु भएको थियो । भरत मोहन अधिकारीले कार्यक्रम लेख्दा जबज अनुकूल नभएर पछि मदन भण्डारी आफैले लेख्नुभयो । त्यसको कार्यनीति केपी शर्मा ओलीले लेख्नुभएको हो । विधान माधव नेपालले लेख्नु भयो । केपी ओली त्यो बेलादेखि यो विचार समृद्ध गर्नका निम्ति अगुवाई र नेतृत्व गरेर आईरहनु भएको छ । र, कार्यनीति केपीले नै लेख्नु भएको हो । त्यो पारित भएको छ । जननेता मदन भण्डारीले पार्टीको निर्माणमा आधारभूत प्रस्तावनाहरु उल्लेख गरेर जानु भएको छ । त्यसैको जगमा, त्यसैको आलोकमा यो पार्टी अगाडि बढिराखेको छ । जबज अनुकूलको पार्टी निर्माणबारे हामीले लोकतान्त्रिक विधिलाई अगाडि बढाईरहेका छौं ।

त्यो लोकतान्त्रिक विधिको अगुवाई र  नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहनुभएको छ । र, मदन–आश्रितको देहवसान, जसलाई हामीले हत्या भनेका छौं । त्यहाँ पछि हामीले २०५१ सालमा सरकार बनायौं । र, क्रान्तिपूर्व पनि कम्युनिष्ट पार्टी सरकारमा जानु हुन्छ । र, जान्छ भन्ने कुरा नयाँ नीति हामीले प्रयोगमा ल्यायौं । छैठौं महाधिवेशनमा शक्ति संचयको कार्यनीति लेख्ने काम पनि कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा भयो । पार्टी जीवनको लोकतान्त्रिकरण आठौं महाधिवेशनमा उहाँकै नेतृत्वमा प्रस्तुत गरियो ।र, सर्वसम्मतिले पारित भयो । माओवादीसँगको एकतापछि यी कुराहरु गोलमाल भए । नवौ महाधिवेशनपछि हामीले यसलाई निरन्तर अगाडि बढाउँदै आएका छौं भन्ने कुरामा विशेष जोड दिँदै जबजले नै पार्टी निर्माण गर्ने एउटा स्पष्ट नीति प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको नीति अगाडि सारेको छ ।

यही नीतिबाट निर्देशित भएर हामी अगाडि बढिरहेका छौं । र, जबजको नीति हामीले खुम्च्याएका छैनौ । यसलाई फराकिलो पारेका छौं । र, पार्टी कस्तो बनाउने भन्दा हामीले सैनिक वा राजकीय बनाउने होइन, प्रतिस्पर्धामा आधारित, श्रेष्ठतामा आधारित पार्टी बनाउँछौं । जो जनताको बहुदलीय जनवादको नीतिबाट नै निर्देशित छ । जबज हाम्रो निर्देशक सिद्धान्त हो । हाम्रो प्रिन्सिपल गाईडलाईन्स हो । हाम्रो विचार हो । हाम्रो यो विचार भएको हुनाले सिद्धान्तनै त्यही भएको हुनाले हामीले यसलाई अन्यथा नबुझनका निम्ति उहाँले जोड दिनुभयो । प्रचार विभाग प्रमुख गौतमकाअनुसार महासचिव पोखरेलले मदन भण्डारीको अगुवाईमा पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक पटक दोहो¥याउनु भएको थियो ।

Previous Post

अगस्टमा अमेरिकी रोजगारी वृद्धि अत्याधिक सुस्त

Next Post

सामाजिक सञ्जालमा लागेको प्रतिवन्ध विरुद्ध विरोध पत्रकार महासंघका पूर्वपदाधिकारी (तस्बिरहरु)

Next Post

सामाजिक सञ्जालमा लागेको प्रतिवन्ध विरुद्ध विरोध पत्रकार महासंघका पूर्वपदाधिकारी (तस्बिरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन