• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

निजी क्षेत्रको एउटै स्वरः ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ शिराबाट अघि बढौँ

नीतिप्रेस by नीतिप्रेस
September 11, 2025
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेन जी आन्दोलका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल (हान), इप्पान लगायतका संस्थाहरुले अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति अब सम्वेदनशील हुन जरुरी छ ।

मुलुकमा थप निराशा र अशान्तिको वातावरण कही कतैबाट पनि सिर्जना हुन नहुने र शान्तिपूर्ण आन्दोलन, त्यसक्रममा अनावश्यक बल प्रयोग नहुनेतर्पm पनि महासंघ संवद्ध सबैको ध्यानाकर्षण गराएको छ । महासंघले जारी गरेको विज्ञप्तीमा भनेको छ–‘मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गर्दछ । प्रदर्शनका क्रममा ज्यान गुमाउनुभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवार जनमा समवेदना व्यक्त गर्दछौं । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरु लगायत सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कही कतैबाट पनि सिर्जना नहोस र शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक वल प्रयोग नहुने तर्पm पनि महासंघ सम्वद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।

सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहीतको मर्यादित रोजगारी सम्भव छ । आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न पनि हामी सबैले संयमित भै सम्वाद र सहकार्यका माध्यमबाट समृद्धि तर्पmको यात्रा तय गर्नुपर्छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण सबै राजनीतिक दलहरु एवं जेन जी पुस्तामा अपील गर्दै युवाहरुको चाहना अनुरुप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासंघ सरोकारवाला सबैमा आग्रह गर्दछ ।’

निर्माण व्यवसायी महासंघले पनि मुलुक विषम परिस्थितिबाट अघि बढ्नुपर्ने स्थिति आएको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहकाअनुसार मुलुक विषम परिस्थीतिबाट अघि बढ्नुपर्ने स्थीति छ । नयाँ कोर्सका लागि जेन जी पुस्ताले गरेको जुन योगदान छ, यसबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै सुशासनयुक्त र भ्रष्टाचार मुक्त समाजको सिजना गरिनुपर्ने सिंहले बताउनुभएको छ । उहाँकाअनुसार अब सही मान्छेहरुको चयन गर्दै मुलुकमा नेतृत्वका लागि अगाडी बढाउनुपर्छ ।  अध्यक्ष सिंहले भन्नुभयो–‘मुलुक विषम परिस्थीतिबाट अघि बढ्नुपर्ने स्थिति छ । जेन जी पुस्ताले गरेको जुन योगदान छ । यसबाट प्राप्त भएको उपलव्धिलाई संस्थागत गर्दै सुशासनयुक्त र भ्रष्टाचार मुक्त समाजको सिर्वजा गरौँ । सही मान्छेहरुको चयन गर्दै मुलुकमा नेतृत्वका लागि अगाडी बढाऔँ ।

अहिलेसम्म सबै राजनीति कर्मी, कर्मचारी, व्यवसायी सबैले आफ्नो सम्पत्तिको स्वघोषणा गरौँ । र त्यसको स्रोत खुलाऔँ । स्रोत नखुलेको र गलत क्रियाकलपाबाट आर्जन भएका सम्पत्तिहरुलाई जफत गरि सरकारीकरण गरौँ । हिजो मुलुकमा जुन भ्रष्टाचार थियो । नातावाद, कृपावाद थियो । हिजोका दिनमा जुनसुकै माध्यमबाट पनि सम्पत्ति कमाउने र उनीहरुलाई जुन पुज्ने काम हुन्थ्यो । आगामी दिनमा गलत क्रियाकलाप गर्नेहरुलाई दण्डित गर्ने र त्यस्ता चरित्रका सबै पात्रहरुलाई बहिष्कार गर्ने काम गरौँ । सबैले आफ्नो आफ्नो क्षेत्रमा भएका हिजका गलत क्रियाकलापहरुलाई उजागर गर्नुपर्छ । मुलुकमा सरकार, कर्मचारीसँग मिलेर जुन कार्टेलिङ हुन्थ्यो । त्यसका विरुद्ध सबै उद्योगी व्यवसायी, आम जनता, सर्बसाधारण, कर्मचारी, राजनीतिक नेतृत्वले त्यसको भण्डाफोर गरौं । मुलुकलाई सही दिशातर्फ लैजाऔँ । चाँडै मुलुकलाई समृद्धि तर्फ लैजान म अपिल गर्दछु ।’


होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटकको भ्रमण प्रभावित भएको भन्दै आवागमन सहज बनाउन सम्बन्धित निकायलाई तत्काल पहल गर्न आह्वान गरेको छ । संघले विज्ञप्तीमार्फत भनेको छ–‘परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाहरूको आत्माको चिरशान प्रार्थना गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको गर्दछौं । साथै, युवाहरूको बलिदानबाट प्रारम्भ भएको नयाँ भविष्य सफल बनाउन संवाद तथा वार्तासहितका सबै प्रयासलाई परिणाममुखी बनाउन शुभकामना पनि व्यक्त गर्दछौं ।’ संघकाअनुसार चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमा पर्यटक व्यवस्थापनमा प्राथमिकता नदिँदा नेपाल आउने पाहुनाबाट अप्रत्याशित र अत्यधिक क्यान्सिलेसन भएको छ ।

यसलाई न्युनिकरण गर्न होटललगायत आतिथ्य क्षेत्र सक्रिय रहे पनि सम्बन्धित सबै निकायले थप प्राथमिकता दिनुपर्ने संघले स्पष्ट पारेको छ । होटल र सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्तिको विनाश  भएको भन्दै संघले थप क्षति हुन नदिन सबैमा संयमता अपनाउन आग्रह गरेको छ । यसबाहेक प्रभावित पर्यटक व्यवस्थापनका लागि होटल संघ नेपालले पर्यटन बोर्ड र नेपाली सेनासँग सहकार्य गरिरहेको जनाएको छ । साथै, अलपत्र पर्यटकलाई आवास आवश्यक परेमा संघको हटलाइन ९८५१०३१४९५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
संवैधानिक निकाय तथा राज्यका कार्यहरु सिमित व्यक्तिकै स्वार्थमा निहित रहेर भ्रष्टाचार, कुशासन, भ्रष्ट नियुक्ति र पूर्वाधार प्रभावित पार्ने कामले युवाहरूमा चरम निराशा निम्त्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  ठहर गरेको छ ।

इप्पाले युवाहरुमाथि भएको दमनको स्वतन्त्र र निष्पक्ष छानबिन समितिमार्फत छानविन हुनुपर्ने बताएको छ । इप्पानले विज्ञप्ती जारी गर्दै भनेको छ– ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरू विरुद्ध गोली चलाउनु, संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको प्रत्यक्ष उल्लंघन हो । त्यो अवस्था राजा ज्ञानेन्द्रको निरंकुश शासनकाल (२०६२/६३) २६ जनाको ज्यान गुमाएका जनआन्दोलनको स्मरण गराउँछ, जसरीफेरि १९ जनाको ज्यान गएको उद्दण्ड घटना खेदजनक हो ।’देशमा ३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गरी ५ हजार मेगावाट क्षमतासम्मको आयोजना निर्माणमा सक्रिय ऊर्जा उद्यमीहरूले वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी रोयल्टीसहित कर तिर्दै आएका छन । ऊर्जा क्षेत्रले हजारौं रोजगारी सिर्जना गरेको र पूर्वाधार विकासको मुख्य आधार भएकोमा पनि जोड दिएको छ ।

तथापि, संवैधानिक निकाय तथा राज्यका कर्तृहरू सिमित व्यक्तिकै स्वार्थमा निहित रहेर भ्रष्टाचार, कुशासन, भ्रष्ट नियुक्ति र पूर्वाधार प्रभावित पार्ने कामले युवाहरूमा चरम निराशा निम्त्याएको इप्पानको ठहर गर्दै घटना सम्बन्धी स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेको छ ।
राष्ट्र बैंकको निर्देशनपछि बैंकहरु खुल्दै वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएका छन् ।  भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो दुई बजेसम्म सिमित स्थानबाट सेवा दिने भएको हो । एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरूलाई नोटिस पठाउँदै काठमाडौं उपत्यकाभित्र बैंकका मुख्य कार्यालयसहित ३ वटा शाखा खोल्न भनेका छन् ।


त्यस्तै, २/२ वटा शाखा ललितपुर र भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सीमित कर्मचारीसहित संचालन हुनेछन् । शाखाभित्र हुने कारोबारलाई सीमित समयमै गर्नुपर्ने भएकाले ग्राहकलाई यसबारे सचेत रहन आग्रह गरिएको छ । काठमाडौं बाहिरका शाखाहरू भने स्थानीय सुरक्षा निकायसँगको नजिकको समन्वयमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । प्रत्येक जिल्लामा रहेको सुरक्षा निकायसँग समन्वय गरीबैंकले आफ्नै निर्णयअनुसार शाखा सञ्चालन गर्न सक्ने एशोसिएशनले जनाएको छ ।यसैबीच, क्लियरिङ प्रक्रिया भने पूरै क्षमतासहित संचालन गरिने भएको छ । यसले गर्दा बैंकबीचको चेक कारोबार र भुक्तानी प्रणाली सहज हुने अपेक्षा गरिएको छ । रेमिट्यान्स विभाग पनि विदेशी मुद्राको विनिमयका लागि सीमित समयका लागि खोलिने जानकारी दिइएको छ ।


सार्वजनिक सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले एटीएम सेवा निरन्तर चलाइनेछ । बैंकर्स एसोसिएसनले डिजिटल कारोबार पनि अवरोधविहीन बनाउन सबै बैंकलाई निर्देशन दिएको छ ।  बैंकर्स एशोसिएशनले भनेको छ– ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, इसेवा जस्ता डिजिटल प्रणालीलाई अझै मजबुत बनाउनुपर्छ । वित्तीय प्रणाली बन्द हुँदा सर्वसाधारणको असन्तुष्टि बढ्छ र बजारमा अस्थिरता आउँछ । त्यसैले भुक्तानी कारोबारका गतिविधिमा जटिलता फुकाउन सहजीकरण गरिएको हो ।’ यसअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई सिमित कर्मचारीबाट आफ्ना संवेदनशिल प्रणाली सञ्चालन गरी आत्यावश्यक बैंक तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारु गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले सम्पूर्ण संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाली सेनाले भदौ २५ गते जारी गरेको विज्ञप्तिअनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको थियो । अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सीसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै सञ्चालनमा आएकाशाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेवसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

Previous Post

अमेरिकी भन्सार शुल्कको प्रभाव कम गर्न स्पेन तयार

Next Post

व्यवसायी भन्छन्ः ‘जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैँको मुखमा व्यवसाय चौपट भयो’

Next Post

व्यवसायी भन्छन्ः ‘जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैँको मुखमा व्यवसाय चौपट भयो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन