• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जेन-जी आन्दोलन असरः नेपाल असुरक्षित रहेछ, अब कहिल्यै आउँदैनौँ

नीतिप्रेस by नीतिप्रेस
September 14, 2025
in नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्नसक्ने स्पष्ट छ । यो आन्दोलन र घटना क्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ।

यो चुनावी सरकारको हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । यस्तोमा धेरै क्षेत्रले क्षतिमा व्यहोर्नेछ । तीमध्ये खेलकुद र पर्यटन यो अस्थिरताले अली बढी प्रताडित हुनेछ । अब चर्चा गरौँ खेलकुदको । यो आन्दोलन अगाडि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना तयारी अवस्था थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बिचमा नै बन्द गर्नुप¥यो । आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिन्थ्यो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा ब्यस्त देखिन्थे।

केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पु¥याउन आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो।

अब कहिले हुन्छ भने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुग्यो ।ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पु¥याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ । हामीले पटकपटक आग्रह गर्दा पनि खेलाडीको सामान निकाल्न दिइएन । त्यसबेला विदेशी खेलाडीहरू धेरै आतिनु भयो । यो देशमा कहिल्यै आउदैनौं भन्नुभयो,’आयोजक टिमका एक सदस्यले भने,‘त्यो सुन्दा धेरै दुःख लाग्यो । साँच्चै अब उहाँहरू आउनु हुन्छ जस्तो लागेन । अरुलाई पनि नेपाल सुरक्षित छैन भन्नुभयो अर्को क्षति व्यहोर्नछौं।’


आयोजकका प्रमुख आमिर अख्तरले पनि बीचमा नै आयोजना प्रभावित हुँदा क्षति व्यहोर्नुपरेको र अहिले नै यति क्षति भयो भन्ने अवस्थामा नरहेको उल्लेख गरे । ‘आँट गरेर यो आयोजना ग¥यौं । तर अनपेक्षित घटना भयो । यसले सबै फ्रेन्चाइज लिगलाई असर पर्नेछ,’उनले भने, ‘यो घटनाले अर्थतन्त्रमा पनि असर परेको छ । एउटा व्यवसायिक खुसी भएर नै खेलमा प्रायोजना गर्छन् । तर अब उहाँहरू खुशी हुनुहुन्न । त्यसैले नेपाली खेलकुदका लागि यो ठूलो घाटा हो । अबको एक वर्ष ठूलो क्षति बेहोर्नु पर्नेछ ।’ उनले यो घटनाका कारण विदेशी खेलाडीबाट त्रसित भएपनि आपूmहरू सम्झाएको उल्लेख गरे ।


‘११ राष्ट्रका १८ जना विदेशी महिला खेलाडी हुनुहुन्थ्यो । त्यो घटना हुँदा आतिनु भयो । महिलाहरू त्यसै पनि सेन्सिटिभ हुनु हुन्छ । होटलमा जसरी आक्रमण भयो र त्यो सहन नसक्ने अवस्थामा नै थियो । २/४ जना खेलाडीको डकुमेण्ट र सामना त्यही जले । जसोतसो पासपोर्ट जोगायौं,’उनले भने,‘हामीले ती खेलाडीहरूसँग बसेर एक सेसन राखेका थियौं । नेपाल शान्त देश हो र यस्तो पहिलोपल्ट भयो । यस्तो हुन्छ भन्ने आँकलन पनि थिएन भन्यौं । बाहिर नराम्रो सन्देश नलगिदिनुस् भन्यौं । कोही खेलाडी अब आउन चाहदैनन् । केही आउन पनि सक्छन् । हिजो मात्र खेलाडीै जानु भयो र अब यो आयोजना कहिले हुन्छ भन्न सक्दैनौं । उनले भारतका एमपी विक्रम साहनी र भारतीय एम्बेसीको सहयोगमा ब्रोडकास्टिङ टिमलाई आफ्नो देश पठाउन सफल भएको बताए ।


‘कठिन समयमा एकताबद्ध भएर अगाडि बढ्नसक्छौं भन्ने सन्देश दियौं । आयोजक, फ्रेन्चाइज टोली, ब्रोडकास्टिङ क्रु र भेन्डर मिलेर खेलाडीमाथि कुनै घटना हुन दिएनौं र एक भएर लड्यौं । तर, त्यो घटनालाई रोक्न सक्दैनथ्यौं,’उनले भने । व्यावसायिक खेल आयोजनाले नेपाली खेलकुदलाई माथि उकास्दैछ । विभिन्न देशका स्टार खेलाडीहरू नेपालमा आएर खेल्दा खेलाडीको पनि मनोबल बढेको छ । नेपाल प्रिमियर लिग (एनपिएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठूला आधारहरू हुन् । तर, देशको राजनीति अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न दिने छैन ।


आयोजकहरू पनि यस्ता प्रतियोगिता गर्न धेरै पल्ट सोच्नेछन् । आगामी मंसिर १ देखि २७ गतेसम्म एनपिएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः  त्यसलाई पनि असर पर्न सक्नेछ । यसबीच एनपिएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपिएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपिएलको तयारीमा केही असर भने पर्नेछ । फ्रेन्चाइज टोलीमा व्यावसायिक घरनारहेको र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठूलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपिएलको तयारीमा नलाग्न सक्छन् । क्यानका प्रवक्ता छुम्बी लामाले भने समय बाँकी रहेकाले यो घटनाले तयारीमा असर नपर्ने उल्लेख गरे ।


‘एनपिएलका लागि समय छ, त्यसैले असर पर्ने छैन । टी ट्वान्टी विश्वकप छनोटका वेस्ट इन्डिज टुरको तयारीमा छौं र यसले राष्ट्रिय टोलीको प्रशिक्षण भने नियमित गर्न सकेका छैनौं,’लामाले भने । आन्दोलन चर्किंदा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल नै स्थगित हुन पुग्यो । पाहुना टोली घर फर्कन धेरै नै सकसपूर्ण रह्यो । ठूलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ ।


काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिवार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल संघले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित भएको छ । केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औं एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थिए । जुन अहिले प्रभावित भइरहेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्ध छन् । उनीहरू अहिले विभागको जिम्मेवारीमा छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टले अवस्थामा सामान्य हुँदै आएपछि खेलाडी प्रशिक्षणमा फर्कने बताए ।


‘हामी प्रशिक्षण सुचारु गर्ने तयारीमा छौं । तर अधिकांश विभागका खेलाडीहरू हुनुहुन्छ । उहाँहरू अहिले विभागको जिम्मेवारीमा हुनु हुन्छ । अवस्थामा सामान्य भएपछि खेलाडी फर्काइ दिने सूचना आएको छ,’विष्टले भने, ‘छिटै मिसन २६ को तयारीमा सुरु गर्छौं ।’ भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति  व्यहोर्नुपरेको छ । नेपाली खेलकुदलाई नै प्रोत्साह गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई पछिल्लो घटनाले ठूलो क्षति पु¥याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ।

Previous Post

आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिएर भएपनि सहयोग गर्छौं

Next Post

आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार

Next Post

आक्रमणपछि उठ्दै निजी क्षेत्र, सघाउँदै सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन