गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला बनेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि घाइते भएकाहरुले निजामति (सिभिल अस्पताल) अस्पताल भरिएको थियो । प्रदर्शन भइरहेको स्थान नजिकै भएकोले अस्पताल प्रभावित हुनु नौलो होइन । अस्पतालको सेवा र विशेषताको आधारमा यस प्रकारको आकस्मिकता र दुर्घटनाको लागि यो अस्पताल स्थापना नभए पनि धेरै ठूला—ठूला बिपत्तिमा यसले आपÞm्नो काम सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालभित्रै टियर ग्याँस आउँदा र गोलीका छर्राहरूले स्वास्थ्यकर्मीहरु घाइते हुँदा पनि सेवा नरोकिएको बताउनु भयो । आन्दोलनको पूर्वसूचना रहे पनि कस्तो र कत्रो आकारमा क्षति हुन्छ भन्ने आँकलन नभए पनि अस्पतालले डिजास्टर म्यानेजमेण्ट प्रोटोकल अपनाएर सेवा दिएको बताउनु भयो ।






