गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले सबै कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोक्नुपर्ने बताउनुभएको छ । पार्टीले बुधवार ललितपुरमा आयोजना गरेको राष्ट्रिय कृषि कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका किसानलाई निर्वाहमुखी अवस्थाबाट निकाल्नका लागि न्युनतम समर्थन मूल्य निर्धारण अपरिहार्य भएको बताउनु भयो । न्युनतम समर्थन मूल्य तोकेपछि मात्रै कृषिलाई व्यवसायीकरण वा औद्योगीकरणतर्फ रूपान्तरण गर्न सकिने उहाँको भनाई छ ।






