जेन-जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताउनुभएको छ । बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही बाहेकका सबै जेन-जीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताउनु भयो । जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताउनु भयो । जेन-जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिनुभएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उहाँको भनाइ छ ।






