नेकपा एमालेको सचिवालय बैठकले पार्टीको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न व्यवस्थापन समिति गठन गरेको छ। बिहीवार बसेको सचिवालय बैठकले ११ औं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न व्यवस्थापन समिति गठन गरेको हो । जसअनुसार प्रतिनिधि व्यवस्थापनमा काशीनाथ अधिकारी (संयोजक), माधव ढुङ्गेल (सचिव), जनपरिचालनः प्रदीप ज्ञवाली (संयोजक), राजन भट्टराई (सचिव), आवास व्यवस्थापनः छविलाल विश्वकर्मा (संयोजक), लालबाबु पण्डित (सचिव), खाद्य व्यवस्थापनः लेखराज भट्ट (संयोजक) भीष्म अधिकारी (सचिव), यातायात व्यवस्थापनः गोकर्ण बिष्ट (संयोजक), रचना खड्का (सचिव) अतिथि सत्कारः रघुवीर महासेठ (संयोजक), महेश बर्तौला (सचिव), प्रचार उपसमितिः पद्मा अर्याल (संयोजक), राजेन्द्र गौतम (सचिव), स्वयंसेवक परिचालनः भानुभक्त ढकाल (संयोजक), विनोद पाण्डे (सचिव), मञ्च व्यवस्थापनः विनोद श्रेष्ठ (संयोजक), लोकबहादुर भण्डारी (सचिव)। स्वास्थ्य समितिः कृष्णगोपाल श्रेष्ठ (संयोजक), आर्थिक समितिः विष्णु रिमाल (संयोजक), बिना श्रेष्ठ (सचिव), सचिवालयः शंकर पोखरेल (संयोजक), पृथ्वीसुब्बा गुरुङ (सचिव), योगेश भट्टराई (सदस्य) निर्वाचन संयोजन समितिः डा.विजय सुब्बा (संयोजक) रहनुभएको छ ।






