अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत फाइनान्सर जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरू जारी गर्न आवश्यक विधेयकमा हस्ताक्षर गर्नुभएको छ । यसबारे ट्रम्पले ट्रुथ सोसलमा जानकारी दिनुभएको हो । अमेरिकी सदनले विधेयकलाई अनुमोदन गर्न भारी मत दिएको एक दिनपछि ट्रम्पको यो बयान आएको हो । गत मंगलवार राति, सदन पारित भएको केही घण्टापछि माथिल्लो सदनले विधेयकलाई सदनबाट पठाइएपछि तुरुन्तै पारित गर्न सर्वसम्मतिले सहमति जनाएको छ । जुलाईको मध्यमा विधेयक सदनमा पेश गरिएको थियो ।






