नदी छेउमा बनाइएका जैविक तटवन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रमा बसोवास गर्ने किसान लाभान्वित भएका छन् । पानी पर्ने बित्तिकै कर्णाली र शाखा नदीहरुका तटीय क्षेत्रमा रहेका समुदाय बाढीबाट प्रभावित हुने गर्छन् । त्यस्तै बाढीको अत्याधिक जोखिममा पर्ने स्थान मध्य एक हो बर्दियाको मधुवन नगरपालिका वडा नं. २ को बंगालीपुर गाउँ । बंगालीपुरस्थित समुदायस्तरिय विपद् व्यवस्थापन समितिको सक्रियतामा औराही नदीको तटिय क्षेत्रमा २ सय २० मिटर लामो जैविक तटवन्ध निर्माण गरिएको छ ।






