अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल आउने विदेशी माथि अब कडा रुपमा निगरानी गर्नुपर्ने बताउनुभएको छ । मुलुकभित्र अनेकौं स्वार्थमा विदेशीहरु आउने र चलखेल गर्नसक्ने भएकाले अब हरेक विदेशीमाथि निगरानी गर्न जरुरी रहेको उहाँले बताउनुभएको हो । आज अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरुसँगको छलफलमा तिवारीले त्यस्ता नागरिकहरुमाथि निगरानी नगरिए राष्ट्र कमजोर हुने खतरा रहेको बताउनु भयो । उहाँकाअनुसार विदेशीहरु नेपालमा कुन स्वार्थले आउछ त्यसका समग्र पक्षका बारेमा हेर्ने एउटा विज्ञ समूह बनाउनुपर्छ ।






