नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताउनु भयो । उहाँले अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुनःस्थापनाको विकल्प नरहेको बताउनु भयो । त्यहाँबाट संविधानमा संशोधन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने बताउनु भयो । राजनीतिलाई नियमित कोर्समा लैजान जरुरी रहेको बताउनु भयो ।






