कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । सुदूरपश्चिम रोयल्ससककंग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए । तर, उनीहरूले आफ्नो क्षमता अनूरुप खेल्न नसक्दा राम्रो हार व्यहोर्नुपरेको उनको भनाई छ । उनले ब्याटिङ गर्न असहज हुने खालको नरहेको स्पष्ट पारे ।






