“मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२” धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ । धितोपत्र सम्वबन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्ने तयारी स्वरुप प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको हो । मस्यौदामा मार्जिन कारोवारका लागि योग्य शेयरको व्यवस्था गरिएको छ । मार्जिन कारोवार सुविधाको प्रयोजनका लागि कम्तिमा ५० लाख कित्ता सर्वसाधारण शेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्काशन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको, धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पूरा गरेको सूचिकृत संगठित संस्थाको शेयर मात्र योग्य हुने व्यवस्था गरिएको छ ।






