प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । बुधवारदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य सचिव अर्यालको विदाईका लागि मंगलवार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उहाँको भनाइ छ । उहाँले अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिवद्धता, कार्यशैलीमा देखिएको अनुशासन र दीर्घ अनुभवले निजामति सेवामा महत्वपूर्ण छाप छोडेको उल्लेख गर्नुभयो ।






