बुधवार शेयर बजार ९ अंकले बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर बन्द भएको हो । बजार बन्द हुँदा नेप्से ०.३६ प्रतिशतले बढेर परिसूचक २६६५.६० बिन्दुमा पुगेको छ । नेप्से बढ्दा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदाको समयमा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।






