मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रशारण लाइन निर्माण कार्यको औपचारिक थालनी गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजित एक विशेष समारोहबीच एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण हुन लागेका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच ऊर्जा व्यापारका लागि अन्तरसम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ ।






