नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ । बिहीवार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनु भयो । शुक्रवारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउनु हुँदै सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा तिसौँ हजार उतार्ने दाबी गर्नुभयो ।