नेपालमा विपद् पूर्वशतर्कता प्रणालीलाई प्रभावकारी बनाउन कमन अलर्टिङ प्रोटोकल कार्यान्वयनमा आउने भएको छ । विश्व मौसम संगठनको सहयोगमा मौसम विज्ञान विभागले कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनका लागि तयारी शुरु गरेको हो । विपद् सम्बन्धी जुनसुकै सूचना प्रवाहका लागि अब विभागले एकिृत सञ्चार माध्यम कमन अलर्टिङ प्रोटोकल विधि अपनाउने भएको छ । यसका लागि विभागले आईतवार यस क्षेत्रसँग सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गरेको छ ।






