वाणिज्यसचिव कृष्णबहादुर राउतले चालु आर्थिक वर्षमा आएका कतिपय कार्यक्रमहरु बजेट रोक्का भएका कारण अघि बढ्न नसकेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले गरेको बजेट वाच कार्यक्रममा उहाँले चालु बजेटमा घोषणा भएका कतिपय कार्यक्रमहरुमा राखिएको बजेट रोकिँदा अघि बढ्न नसकेको बताउनु भयो । उहाँकाअनुसार बजेट रोक्का नीतिगत भन्दा पनि सानातिना कार्यक्रमहरुको बढी छन् । त्यसैले नीतिगत रुपमा कार्यान्वयन गर्ने विषयमा त्यत्ति यसले असर गर्दैन । जेन–जी आन्दोलन र नीतिगत कार्यहरु प्रभावित हुँदा कतिपय बजेटमा राखिएका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयनमा जान नसकेको उहाँको भनाइ छ ।






