नेपाली काँग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको टिप्पणी गर्नुभएको छ । वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरुले प्रश्न गरिरहेका बेला उहाँले जेन-जी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताउनुभएको हो । नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा नीहित छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गर्नुभयो ।






