नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरुले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताउनुभएको छ । उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य हुने परेको जिकिर समेत गर्नुभयो ।






