• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने

नीतिप्रेस by नीतिप्रेस
December 9, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि मंसिरको २५ देखि पुषको ६ गते सम्म पोखरा क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागीता रहने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए । पुनका अनुसार प्रतियोगितामा ग्लोबल कलेजियट स्कुल, रत्नज्योति सेकेण्डरी स्कुल, कुमुदिनी होम्स, प्रतिभा सेकेण्डरी स्कुल, हार्वड सेकेण्डरी स्कुल, त्रिवेणी सेकेण्डरी स्कुल, हिमालयन सेकेण्डरी स्कुल, नविन मावि, जनप्रकाश मावि, टप्स सेकेण्डरी स्कुल, डायमण्ड सेकेण्डरी स्कुल, लभिन रेसिडेन्सल स्कुलको सहभागीता रहने छ ।

कास्की जिल्ला क्रिकेट संघले विगतका वर्षदेखिनै विद्यालय स्तरमा क्रिकेटको संरचना मजबुत बनाउने प्रतिभाहरुलाई सुरुवाती उमेरमै प्लेटफर्म उपलब्ध गराउने र जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य सहित उक्त प्रतियोगिता गर्न लागिएको पुनले बताए । विद्यालय स्तरमै उच्च प्रतियोगितामुलक वातावरण सिर्जना गर्न सके भविष्यमा खेलाडीलाई अगाडि बढ्न थप सहजता मिल्ने भएकाले आफुहरुले आयोजना गर्न लागउको अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताले कास्की जिल्लामा युवा क्रिकेट बिकासमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

प्रतियोगिता टि २० फम्र्याटमा सञ्चालन हुने भएकाले आधुनिक क्रिकेटको माग अनुसार युवा खेलाडीलाई क्षमतापरीक्षण गर्न पूर्ण अवसर प्रदान गर्ने र पोखरा क्रिकेट मैदानमा आयोजना हुने यो प्रतियोगिता मनोरञ्जन, प्रतिस्पर्धा र प्रतिभा पहिचानको उत्कृष्ट संयोजन हुने आयोजकले विश्वास लिएको छ ।

उक्त प्रतियोगिता मार्फत जिल्ला टीम छनोट समेत हुने भएकाले अर्को महत्वपूर्ण पक्षको रुपमा उक्त प्रतियोगितालाई लिइएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न भएपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सोही उमेर समूहको राष्ट्रिय खेल अघि बन्द प्रशिक्षणमा राखिने भएको छ । उक्त प्रशिक्षण शिविरमा प्रशिक्षक, चयनकर्ता तथा क्रिकेट विश्लेषकहरूको निगरानीमा खेलाडीहरूको प्राविधिक, मानसिक, शारीरिक तथा रणनीतिक क्षमता परिक्षण गरिने र त्यस पश्चात च्यालेन्जर कप को आयोजना गरिने आयोजकले जनाएको छ ।

बन्द प्रशिक्षणबाट छनोट गरिएका खेलाडीहरूको बीच प्रतिस्पर्धा गरी च्यालेन्जर कपको प्रदर्शनलाई आधार मानेर कास्की जिल्ला यु–१६ पुरुष टोली को अन्तिम छनोट गरिने भएको छ । १२ टीम लाई तीन तीन टीम बनाएर चार समुहबीच उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रत्येकक टीम बिजेता सेमीफाइनलमा प्रवेश गर्नेछन र चारवटा टीम बिच सेमी फाइनलबाट दुई टीम फाइनल खेल्नेछन । प्रतियोगितामा टिम तर्फ बिजयी टोलीले ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेता टोलीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा ब्याक्तिगत विद्या तर्फ हिमालय क्रिकेट एकेडेमीले प्रतिभा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीहरुका लागि प्लेयर अफ दी म्याचलाई एकेडेमीको भर्ना फि मा २५ प्रतिशत छुट, प्लेयर अफ दी सेरिजलाई एकेडेमीको भर्ना फि मा शत प्रतिशत छुट, बेष्ट बलर र बेष्ट ब्याटरलाई एकेडेमीको भर्ना फिमा ५० प्रतिशत छुट र उदयीमान खेलाडीलाई शत प्रतिशत भर्ना छुटको ब्यवस्था मिलाइएको हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष शक्ति बरालले जानकारी दिए ।

Previous Post

सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

Next Post

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने

Next Post

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन