संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि पारित भएको २२ औं वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ मनाइएको छ । यसै क्रममा काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा विभिन्न नागरिक समाज, सुशासन तथा भ्रष्टाचारविरोधी अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।






