पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । केही समयअघि जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुग्नुभएको हो । निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभयो ।






