नेपाल राष्ट्र बैंकले लिने कतिपय नीतिहरु अव्यवहारिक भएका कारण पछिल्लो समय निष्कृय कर्जा बढ्ने गरेको विज्ञहरुले बताएका छन् । बैंक तथा फाइनान्स एण्ड इन्सुरेनस इन्टिच्युट अफ नेपालले गरेको एक कार्यक्रममा विज्ञहरुले निष्कृय कर्जा बढ्नुको एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरु रहेको बताउनु भयो । पूर्वबैंकर ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकका निर्देशनहरु अव्यवहारिक हुँदा निष्कृय कर्जा बढेको बताउनु भयो । उहाँकाअनुसार कर्जा रिकभरि गर्न ऋणीलाई चिठी कट्ने गरिएको छ । नतिरे ३५ दिने कालोसूचिको सूचना निकाल्ने र लिलाम गर्ने गरिएको छ । तर त्यो लिलामी गर्न पनि सकस पर्ने गरेको छ ।






