लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो । लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो । उनी सिजनमा सर्वाधिक (२७६) रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । नेपालको तर्पmबाट उनी सर्वाधिक रनकर्ता पनि हुन् । विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्पm पनि १० विकेट पनि लिए । रोहित उत्कृष्ट ब्याटर पनि भए ।






