संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले ठूला कर्पोरेट हाउसहरुले श्रम शोषण गर्ने गरेको आरोप लगाउनुभएको छ । काठमाडांैमा मंगलवार आयोजित एक कार्यक्रममा उहाँले कर्पोरेट हाउस र मल्टीनेशनल कम्पनीहरुले श्रमिकहरुलाई अधिकार दिन नमान्ने गरेको आरोप लगाउनुभएको हो । उहाँले श्रमिकलाई अधिकार दिनुपर्ने भएकोले कम्पनीहरुले पछिल्लो समय अस्थायी श्रमिकलाई ल्याएर काम गर्ने प्रचलन बढेको उहाँले बताउनु भयो । स्थायी श्रमिकहरु निकालेर अस्थायी श्रमिक भर्ती गर्ने प्रचलनले श्रमिकहरु मारमा परेको उहाँको भनाई छ ।






