पर्यटकीय नगरी सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी पुस ११ देखि १३ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका महासचिव महेश खनालले रत्ननगर नगरपालिकाको संरक्षकत्व तथा संघको आयोजनामा आयोजना हुने महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने जानकारी दिनुभयो ।






