नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ । बिहीवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता लेखकले आयोगमा उपस्थित भएर बयान दिने बताउनुभएको हो । भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको र आफूले बयान दिने निर्णय गरेको बताउनु भयो ।





